पोखरामा घान्द्रुकको वृत्तचित्र प्रर्दशन, 'गाउँको लोकप्रियता र महत्वलाई थप प्रष्ट पारेको छ': निवर्तमान अर्थमन्त्री गुरुङ
कास्की | साउन २८, २०७९
PHOTO: PREM THAPA
पोखराः लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र पोखरामा प्रदर्शन भएको छ ।
ब्रेजमेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र आज (शनिबार) पोखरा महानगरपालिका १० स्थित भमरकोट पार्टी प्यालेसमा विशेष प्रदर्शन गरिएको हो ।
उक्त वृत्तचित्र प्रर्दशनको उद्घाटन गण्डकी प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गरे ।
सो अवसरमा बोल्दै गुरुङले विश्वका पर्यटकको पहिलो रोजाइमा घान्द्रुक पर्ने बताउदै पछिल्लो समय घान्द्रुकको परिचय फराकिलो भएको बताए । ‘यस गाउँको पर्यटकीय महत्व र साँस्कृतिक महत्व लगायत विभिन्न महत्वहरु जुन छ हामीले वर्णन गरिरहन पर्दैन, उनले भने, ‘त्यो सबै यो वृत्तचित्रमा समेतिएको छ । त्यसैले पनि घान्दु्रक साँच्चिकैको पर्यटकीय गुरुङ गाउँको रुपमा लोकप्रिय बनेको छ ।’

उनले घान्द्रुकको लोकप्रियतालाई अझ उक्त वृत्तचित्रले थप प्रष्ट्याएको उल्लेख गरे । ‘यो वृत्तचित्रको घान्द्रुकको लोकप्रियता र पर्यटकीय महत्व तथा साँस्कृतिक महत्वलाई थप प्रष्ट पारेको छ ।’ अर्थमन्त्री गुरुङले भने ।
उनले आफु पहिलोपटक २०३६ सालमा घान्द्रुक पुगको स्मरण गर्दै अहिलेसम्मको विकासको बारेमा बुझ्न उत्सुकता लागेकै कारण वृत्तचित्र हेर्न आइपुगेको बताए । ‘म पहिलो पटक ३६ सालमा घान्द्रुक पुगेको थिए । र राजनैनिक कार्यक्रमकै लागि धेरै पहिले दोस्रो पटक पनि पुगेको थिए । यो वृत्तचित्रको पोस्टर देखेपछि हेर्न इच्छा लागेको थियो, उनले भने, ‘त्यसैले पहिलेको घान्द्रुक र अहिलेको घान्द्रुकमा के भिन्नता रहेछ भन्ने उत्सुकता लागेर हेर्न आएको हुँ ।’

उक्त प्रर्दशनमा गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्ट, मिन प्रसाद गुरुङ, घान्द्रुकका स्थानीय बासिन्दाहरू, कलाकार, समाजसेवी तथा व्यवसायीहरुको सहभागिता रहेको वृत्तचित्र निर्माता लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिए ।
उनका अनुसार फाउण्डेशनले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाजले सिँगारिएको छ । भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो ।

उक्त वृत्तचित्रमा पर्यटकीय क्षेत्र घान्द्रुक गाउँ तथा आसपासको प्राकृतिक सौन्दर्यता, तमु समुदायसँग सम्बन्धित संस्कृति, भाषा, कला, धर्म तथा संस्कृतिलाई चित्रण गरिएको छ । साथै सो क्षेत्रका बासिन्दाको दैनिकीको बारेमा समेत समावेश गरिएको छ ।
घान्द्रुक गाउँमै पहिलो पटक प्रदर्शन गरि औपचारिक सुरुवात गरेको वृत्तचित्रलाई पोखरासँगै देशका अन्य मुख्य शहरहरु काठमाडौँ तथा चितवन लगायतका स्थानमा प्रर्दशन गर्ने तयारी रहेको फाउण्डेशनका संस्थापक लामा गुरुङले बताए ।
उनका अनुसार उक्त वृत्तचित्रलाई विदेशमासमेत प्रर्दशन गरिने तयारी थालिएको छ ।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

